ऋण असुलीबाट शिवशिखरका थप २१६ पीडितले पाए रकम
baahrakhari.com · Tue Jun 09 12:57:32 GMT 2026

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार शिवशिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो ।
समितिका अनुसार, आज शिवशिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)