कोशीमा चार नयाँ मन्त्री, एकजना राज्यमन्त्रीले लिए शपथ
nepalnews.com · Mon Aug 17 12:26:33 GMT 2026

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीच भएको सत्ता साझेदारीसम्बन्धी सहमतिअनुसार नेकपाबाट चार मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा सोमबार अपराह्न ४ बजे आयोजित समारोहमा नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)