मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानव बेचबिखन रोक्न सचेतक परियारको आग्रह

barnanmedia.com · Mon Aug 17 12:18:33 GMT 2026

काठमाडौँ, १ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले नेपालबाट मानव बेचबिखनका घटना रोकिनुको साटो यसको स्वरुप झन् विस्तार हुँदै गएको भनी सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा भाग लिदै उहाँले मानव बेचबिखनजस्तो अमानवीय र राष्ट्रिय लज्जाको विषयलाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने बताउनुभयो । सचेतक परियारले विभिन्न प्रतिवेदनअनुसार प्रत्येक वर्ष १५ हजारभन्दा बढी नेपाली महिला, बालबालिका र युवा बेचबिखनका साथै आधुनिक दासताको शिकार भइरहेकाले यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)