मुलुकले खोजेको छ नयाँ नेतृत्व, रवि लामिछानेले मात्र पूरा गर्न सक्छन् खाँचो
barnanmedia.com · Sun Oct 12 21:39:43 GMT 2025

नेपालको राजनीतिक इतिहासमा पटक–पटक नयाँ शक्ति उदाउने क्रम दोहोरिन्छ तर त्यो शक्तिले जनतामा रोपेको आशा धेरै समय टिकाउ हुन सक्दैन । जनतामा पुनः निराशा र वितृष्णाको दुष्चक्रमा फस्न पुग्छन् । विगत तीन दशकमा देशले अनेकौँ परिवर्तनहरू देख्यो, प्रजातन्त्र, गणतन्त्र, संघीयता, संविधान सभाबाट संविधान लेखन । तर जनताको जीवनस्तरमा सुधारको पक्ष नगण्य रह्यो। बरू भ्रष्टाचार र विभेदले सीमा नाघ्यो । यही निराशा र पुराना शक्तिप्रति बढ्दो असन्तुष्टिले अहिले एउटा नयाँ नेतृत्वको खोजी गरिरहेको छ नेपाली समाजले ।
तीन दशकदेखि निरन्तर सत्तामा बस्दै आएका पुराना शक्तिहरू जनताको विश्वास गुमाइसकेका छन्। जनताले निकै ठूलो संघर्षपूर्ण बलिदानीका साथ ल्याएको लोकतन्त्र र गणतन्त्र सीमित नेताहरुले आफ्नो बपौतीसरह उपभोग गर्न थाले। निजी स्वार्थ, नातावाद, कृपावाद र भ्रष्टाचारको दलदलमा डुब्दै गए। यही असन्तोष र क्षोभको बीचमा एउटा नयाँ लहर उभिएको छ— जेनजी आन्दोलन। यो आन्दोलनले पुराना दलहरूलाई जनताले तिरस्कार गरिसकेको सन्देश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)