लाखे नाचले इलामको पर्यटनमा सांस्कृतिक आकर्षण थप्दै
kalakarmi.com · Mon Aug 17 12:33:03 GMT 2026

इलाम- प्राकृतिक सौन्दर्यका लागि परिचित इलाममा परम्परागत लाखे नाच सुरु भएसँगै यहाँको सांस्कृतिक पर्यटनमा समेत आकर्षण थपिएको छ । राणाकालदेखि मनाइँदै आएको लाखे नाचलाई इलामको ऐतिहासिक तथा मौलिक सांस्कृतिक पहिचानका रूपमा लिइँदै आएको छ ।
नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म मनाइने लाखे जात्रामा स्थानीय युवायुवतीदेखि वृद्धवृद्धासम्म सहभागी हुने गरेका छन् । नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा सोमबारदेखि सुरु भएको लाखे नाच धार्मिकस्थल माईथानबाट सुरु भई मालापथ, चोकबजार, नवीन चोक, टुँडिखेल, धोबीधारा, नारायणस्थानलगायत बजार क्षेत्रका विभिन्न स्थानको परिक्रमा गर्ने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)