मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि भदौ ४ गतेभित्र दाबी पेस गर्न आह्वान

hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि यही भदौ ४ बिहीबार अपरान्ह ४.०० बजेभित्र दाबी पेस दाबी पेस गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)