मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इन्जिनियरिङ स्नातक तहको प्रवेश परीक्षा अनिश्चित

ekantipur.com · Mon Sep 25 00:33:50 GMT 2023

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान आईओईको शुल्क विवादले रोकिएको स्नातक तह (बीई) को प्रवेश परीक्षा अनिश्चित बनेको छ । काठमाडौं, पोखरा, पूर्वाञ्चललगायत विश्वविद्यालयले प्रवेश परीक्षा गरेर विद्यार्थी भर्ना गर्न थाले पनि आईओईमा प्रवेश परीक्षाकै टुंगो लाग्न सकेको छैन ।

आईओईका ५ आंगिक र १० निजी क्याम्पसमा प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थी मात्रै मेरिटका आधारमा भर्ना हुन पाउने मापदण्ड तोकिएको छ । प्रवेश परीक्षा अन्योलले स्नातक तहमा भर्नाको तयारीमा रहेका करिब १२ हजार विद्यार्थी मर्कामा परेका छन् । भदौ १९ गते तोकिएको प्रवेश परीक्षा शुल्क विवादका कारण स्थगित भएको थियो । पुल्चोक क्याम्पसका सहप्राध्यापक हरिराम पराजुली संयोजकत्वको शुल्क पुनरावलोकन समितिले साउन अन्तिम साता बीईको शुल्क ५ लाख ५४ हजार कायम गर्न सिफारिस गरेको छ । सिफारिसअनुसार इन्जिनियरिङ डिन कार्यालयले निर्णय नलिँदा प्रवेश परीक्षा अनिश्चित बनेको हो । पराजुलीले हालको शुल्क पुनरावलोकन गर्न प्रतिवेदन बुझाइसकेको तर शुल्क तोक्ने निर्णय भइनसकेको जनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)