उपेन्द्रलाई टक्कर दिन आएका सिकेको नियति, प्रदेशम सरकार गुम्यो, पार्टी पनि फुट्यो
barnanmedia.com · Sun Oct 12 21:43:11 GMT 2025

तपाईँ जति चाँडो शिखर पुग्नु हुन्छ, त्यति चाँडो ओर्लिनुपर्छ । कुनै बेला मधेशलाई छुट्टै राज्य माग्ने सिके राउतका हकमा पनि यही उक्ति लागू भएको छ। जनमत पार्टी खोलेर ०७९ को आमनिर्वाचनमा होमिएका राउतले केन्द्र र प्रदेशमा सनसनिपूर्ण जित निकाले। त्यति मात्र होइन, आफूलाई मधेशको बादशाह मान्ने जसपा अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी २ मा पराजित गरिदिए। प्रदेश र संघमा एकैपटक सरकारमा पुगे। तथापि, उनी आफू मन्त्री भएनन्। नियमित भएका भए प्रतिनिधिसभाको चुनाव ०८४ मा हुन्थ्यो। तर, गत महिना जेनजी विद्रोहका कारण आगामी २१ फागुनमा मध्यावधि चुनाव तय भएको छ।
तर, त्यही दल, जो मधेशमा सबैभन्दा ठूलो अनि राष्ट्रिय दलको लक्ष्य लिएर अघि बढेको थियो, विभाजन भएको छ। नियती पनि कस्तो मधेश प्रदेशमा जनमतको सरकार अल्पमतमा छ। जेनजी आन्दोलनका बेला मुख्यमन्त्री सतिशकुमार सिंहले फेसबुकबाट दिएको राजीनामा उनका लागि गलपासो बन्यो। माहोल फेरिएपछि उनले राजीनामा त फिर्ता लिए । तर जनमतभित्रको ध्रुविकरणका कारण उनी अल्पमतमा परे । मधेशमा कांग्रेस नेतृत्वको सरकार बन्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)