मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निकुञ्जमा उच्च सतर्कता, १२ सयभन्दा बढी जनशक्ति परिचालन

hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ। चाडपर्वको समयमा हुन सक्ने चोरी–शिकारी नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जले विशेष सुरक्षा रणनीति तयार गरी उच्च सतर्कता अपनाएको छ। रणनीति अनुसार निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सयभन्दा बढी जनशक्ति परिचालन गरिने भएको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वका बेला मानिसहरूको चहलपहल बढ्ने र स्थानीयवासी पर्व मनाउन लाग्दा चोरी–शिकारीको जोखिम उच्च रहने भएकाले विशेष कडाइ गरिएको हो। सुरक्षाका लागि हाल ३५ वटा ‘स्पाई क्यामेरा’ जडान गरिनुका साथै संवेदनशील क्षेत्रहरूमा क्याम्पिङ, एम्बुसिङ र लिङ्क पट्रोलिङको काम भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)