नुवाकोटको बाढीपीडित बस्तीमा पुगे ऋषि धमला, खुसी भए पीडित; दशैँ मनाउन दिए खसी
reportersnepal.com · Mon Oct 19 02:03:57 GMT 2026

नुवाकोट । बाढीले घरबार गुमाएका परिवारको अवस्था बुझ्न वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला नुवाकोटको विदुर नगरपालिका पुग्दा पीडितहरू खुसीले दंग परेका छन्। शुक्रबार बाढी प्रभावित क्षेत्रमा पुगेका धमलाले पीडितसँग अन्तरक्रिया गर्दै उनीहरूको समस्या सुने र दशैँ मनाउन एउटा खसी उपलब्ध गराए।
दशैँ नजिकिए पनि बाढीले घरबार गुमाएका परिवारमा चाडपर्वको रौनक छैन। अन्तरक्रियाका क्रममा पीडितहरूले दशैँ कसरी मनाउने भन्ने चिन्ता व्यक्त गर्दै बाढीपछि भोग्नुपरेका समस्या सुनाएका थिए। धमलाले उनीहरूलाई दशैँ मनाउन खसी दिनुका साथै अन्य खाद्यान्न सामग्री पनि पठाउने प्रतिबद्धता जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)