प्रशिक्षक देसाई भन्छन्– एसिया कपबारे अहिले नै नबोलौँ, यो पलमा खुसी मनाउन चाहन्छु
baahrakhari.com · Tue May 02 17:09:00 GMT 2023
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध सात विकेटको जित निकाल्दै नेपालले यसै वर्ष पाकिस्तान हुने तालिका रहेको एसिया कपमा स्थान पक्का गर्यो ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईले प्रस्तुत गरेको ११८ रनको सामान्य लक्ष्य ३०.३ ओभरमा तीन विकेट गुमाएर भेटायो । नेपाललाई जितसम्म डोहोर्याउन अलराउन्डर गुल्सन झाले अविजित ६७ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)