पीआर वाला थप ४ कर्मचारी 'आउट', भविष्यमा पनि सरकारी सेवामै अयोग्य हुने गरी कारबाही
barnanmedia.com · Tue Jun 30 22:35:00 GMT 2026

नेपाल सरकारको जागिर खाने अनि विदेशी भूमिमा गएर उतैको स्थायी बासिन्दा (पीआर/डिभी) बनेर लुक्ने प्रवृत्तिमाथि सरकारले कडा प्रहार गरेको छ। बिदा स्वीकृत गराएर विदेश उडेका तर अवधि सकिएपछि पनि काममा नफर्किएका ४ जना निजामती कर्मचारी अब सधैंका लागि सरकारी सेवाबाट ‘आउट’ हुने भएका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती कर्मचारीहरूलाई भविष्यमा कुनै पनि सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कडा कारबाहीको प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले सार्वजनिक सूचना नै जारी गर्दै उनीहरूले विदेशी मुलुकको अस्थायी वा स्थायी आवासीय अनुमति (पीआर) र डाइभर्सिटी भिसा (डिभी) लिएको पुष्टी भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)