भाद्र ९ देखि भृकुटीमण्डपमा नाडा अटो शो २०२६ आयोजना हुँदै, योपटक के छ खास ?
kendrabindu.com · Mon Aug 17 13:15:04 GMT 2026
काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रकै बहुप्रतीक्षित, अग्रणी एवं विशाल व्यावसायिक प्रदर्शनी ‘नाडा अटो शो २०२६’ को १८ औँ संस्करण आगामी भाद्र ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित यस ६ दिने प्रदर्शनीको शीर्ष प्रायोजकमा ‘एच.पि. लुब्रिकेन्ट्स्’ रहेको छ। नाडा स्थापनाको ५० औँ वार्षिकोत्सवको अवसर पारेर यसपटकको अटो शोलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा विशेष भव्यताका साथ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)