प्रधानन्यायाधीशको अधिकार र ‘मास्टर अफ द रोस्टर’
nepalpress.com · Mon Aug 17 13:12:13 GMT 2026

नेपाल बार एशाेसिएशनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले प्रधानन्यायाधीशले इजलासबाहिर रहेर मुद्दासम्बन्धी निर्णयात्मक सक्रियता देखाउन नमिल्ने, संवैधानिक इजलासमा कुन मुद्दा जाने भन्ने विषय प्रधानन्यायाधीशको व्यक्तिगत अधिकार नभएको र मुद्दा इजलासमा प्रस्तुत भएपछि मात्र त्यसको क्षेत्राधिकार तथा इजलास निर्धारणसम्बन्धी प्रश्न उठ्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ।
यो दृष्टिकोण न्यायिक स्वतन्त्रताको एउटा महत्त्वपूर्ण चिन्ताबाट प्रेरित हुनसक्छ । म प्रतिनिधि सभाको सदस्य मात्र नभएर एउटा कानुनको विद्यार्थी र बारको सदस्य समेत भएका हैसियतले यस सन्दर्भमा मेरो स्पष्ट बुझाइ र दृष्टिकोण केही फरक छ । प्रधानन्यायाधीशको संवैधानिक हैसियत, अदालत सञ्चालनसम्बन्धी संस्थागत अधिकार, ‘master of the roster’ को विकसित विधिशास्त्र तथा न्यायपालिकाको प्रशासनिक स्वायत्तताको मूल सिद्धान्तलाई अत्यन्तै सङ्कुचित ढङ्गले बुझ्न थालियो भने स्वतन्त्र न्यायपालिका बृहत् सिद्धान्त खुम्चन पुग्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)