मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्वमा निकुञ्ज सुरक्षाका लागि १ हजार २०० बढी जनशक्ति परिचालन गरिने

canadanepal.com · Mon Oct 19 02:33:44 GMT 2026

चितवन - चाडपर्वको समयमा चोरी–शिकारी तथा वन्यजन्तुको अवैध ओसारपसार नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जले विशेष सुरक्षा रणनीति लागू गरेको छ। निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको नेपाली सेनासहित एक हजार २०० भन्दा बढी जनशक्ति परिचालन गरिने भएको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वका बेला अपरिचित व्यक्तिको आवतजावत बढ्ने र स्थानीय बासिन्दा पनि पर्व मनाउन व्यस्त हुने भएकाले चोरी–शिकारीको जोखिम बढ्न सक्छ। त्यसलाई मध्यनजर गर्दै निकुञ्जले उच्च सतर्कतासहित सुरक्षा व्यवस्था मिलाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)