आयात उत्तिकै डलरलाग्दो, व्यापार घाटा झण्डै १५ प्रतिशत बढेर रु. १४ खर्ब ४३ अर्ब पुग्यो
corporatenepal.com · Tue Jun 09 13:02:19 GMT 2026

काठमाडौं । नयाँ सरकारले आयातलाई निरुत्साहित गर्न खाजेको देखिए पनि आयातको तथ्यांक अझै डलरलाग्दो देखिएको छ । चालु आर्थिक वर्ष २०८२–८३ को दश महिनामा कुल वस्तु आयात १४.८ प्रतिशतले वृद्धि भई रु. १६ खर्ब ९२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले वृद्धि भएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः १०.६ प्रतिशत, २१.४ प्रतिशत र २०.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, भटमासको कच्चा तेललगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, दाल, एम.एस. तार, छड, बार, क्वाइललगायतका वस्तुको आयात घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)