न्युजिल्यान्ड पूर्ण रूपमा धूम्रपान निषेध गर्ने पथमा
baahrakhari.com · Tue Dec 13 17:32:00 GMT 2022
अकल्यान्ड । न्युजिल्यान्डले आगामी वर्षदेखि मुलुकलाई चरणबद्ध रूपमा पूर्णतया सुर्ती प्रतिबन्धित अवस्थामा पुर्याउने भएको छ । मंगलबार संसद्ले पारित गरेको विधेयकको अर्थ सन् २००८ पछि जन्मिएका कुनै पनि व्यक्तिले आगामी दिनमा चुरोट वा अन्य सुर्तीजन्य पदार्थ किन्न पाउने छैनन् ।
साथै यस विधेयक अनुसार हरेक वर्ष सुर्ती किन्न सक्ने वैधानिक मानिसको सङ्ख्या घट्दै जाने भएको छ । उदाहरणका लागि आगामी सन् २०५० मा चालिस वर्ष उमेरको मानिस पनि चुरोट खरिदका लागि निकै कम उमेरको सावित हुने विश्वास गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)