बारामा सर्पदंशबाट एक बालिकाको मृत्यु
annapurnapost.com · Mon Oct 19 02:44:52 GMT 2026

सिमरा: बाराको परवानीपुरमा सर्पको डसाईबाट आइतबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा परवानीपुर गाउँपालिका-५ नौतनकी १० वर्षीया सम्झना कुमारी साह रहेकी छिन् ।
बालिकालाई घरमा सुतिरहेको बेला राति करिब १२ बजे सर्पले डसेको थियो। घटनालगत्तै उनलाई वीरगन्जस्थित नारायणी अस्पतालको सर्पदंश उपचार केन्द्र लगिएपनी चिकित्सकले मृत घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)