चुनाब गराउन उदयपुरको एउटा मतदानस्थलको जिम्मा महिला नेतृत्वलाई
nepalghatana.com · Sat Nov 19 15:35:00 GMT 2022
भोली मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाब गराउन उदयपुरको एउटा मतदानस्थलको जिम्मा महिला नेतृत्वलाई सुम्पिएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत त्रियुगा नगरपालिका ८ राजाबासस्थित अम्मेबर माध्यमिक विद्यालय मतदानस्थलका २ केन्द्रको चुनाब गराउने जिम्मा महिला नेतृत्वको टोलीलाई दिइएको हो ।
सो मतदानस्थलका २ मतदान केन्द्रमा अधिकृतदेखि कार्यालय सहयोगीसम्म महिला परिचालित हुदैछन् । जस अनुसार केन्द्र (क) को मतदान अधिकृत सुनिता प्रधान र (ख) को मतदान अधिकृत रत्नकुमारी राई तोकिएका छन् । उनीहरुको नेतृत्वमा सबै कर्मचारी महिला परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)