प्रधानमन्त्रीको सुरक्षा थ्रेटबारे प्रहरी छलफलमा !
farakdhar.com · Mon Mar 01 17:55:47 UTC 2021
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने सम्भावना बढेको भन्ने अभिव्यक्ति दिएपछि सुरक्षा निकायले चासो दिएको छ । प्रधानमन्त्री ओलीले सोमबार पोखरामा कार्यकर्तामाझ आफ्नो ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्न बताएपछि सुरक्षा निकायबीच छलफल चलिरहेको छ ।
प्रहरी स्रोतका अनुसार प्रधानमन्त्रीले आफूमाथि सुरक्षा थ्रेट रहेको कुरा किन भने भन्ने विषयमा तीनै तहका सुरक्षा निकायले चासो दिएका छन् । ओलीले सरकार गतिशील ढंगले चलिरहेको र विकास निर्माणका काम पनि धमाधम भइरहेकाले आफूमाथि प्रहार हुनसक्ने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)