राजधानीकर्मी गैरे सम्मानित
rajdhanidaily.com · Fri Jul 14 23:35:25 GMT 2023
कपिलवस्तु । राजधानी राष्ट्रिय दैनिकका कपिलवस्तु जिल्ला संवाददाता सुशील गैरे सम्मानित भएका छन् । विजयनगर गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा गाउँपालिकाको समग्र विकाससँगै महत्वपूर्ण योगदान पु¥याएको भन्दै उच्च कदरस्वरूप राजधानी दैनिक संवाददाता गैरेलाई सम्मान गरिएको हो ।
गाउँपालिकाको विकाससँगै सकारात्मक सुझावसहितका समाचार सामग्री प्रकाशित गरी महत्वपूर्ण योगदान पु¥याएको भन्दै उच्च कदरस्वरूप गैरेलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले खादा ओढाएर उनलाई सम्मान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)