निकुञ्ज चाडपर्वलक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी
lokaantar.com

चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीति अनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिने छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिहरुको चहलपहल बढी हुने हुँदा चोरी शिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिका साथ उच्च सतर्कता अपनाइएको हो । उनले भने, ‘अहिले संम्बेदनशिल क्षेत्रहरुमा ३५ ‘स्पाई क्यामेरा’ जडान गरेर सुरक्षा दिइएको छ ।’ चोरी शिकारीका हिसावले जोखिम रहेका क्षेत्रहरुमा स्पाई क्यामेरा सहित क्याम्पिङ् एण्ड एम्बुसिङ् लगायतका कामहरु गरिने उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)