‘एक्का मिस्सी बादशाह’मा ‘कृष’ र ‘अर्जुन’का लागि कलाकार आह्वान
kendrabindu.com · Mon Aug 17 14:07:12 GMT 2026

काठमाडाैं । सञ्जय राईको डेब्यु निर्देशनमा बन्ने सिनेमा ‘एक्का मिस्सी बादशाह’को लागि कलाकार आह्वान गरिएको छ । निर्माण टिमले एक पोस्टरमार्फत सिनेमाका लागि दुई मुख्य पुरूष कलाकार आह्वान गरेको हो ।
सिनेमाको मुख्य भूमिकामा यसअघि नै अभिनेत्री साम्राज्ञी आरएल शाह अनुबन्धित भइसकेकी छन् । उनी सिनेमामा ‘आश’ पात्रको भूमिका देखिनेछिन् । निर्माण टिमले उनै साम्राज्ञीको अपोजिटमा काम गर्ने दुई मुख्य पुरूष कलाकारको खोजी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)