कांग्रेसमा तालमेल बहस : भरपर्दो संयन्त्र बनाउन सुझाव
ekantipur.com · Mon Mar 28 00:48:11 GMT 2022
काठमाडौँ — कांग्रेसभित्र स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने मत बलियो भए पनि त्यसको संयन्त्रबारे प्रश्न उठेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच तालमेलका लागि स्थानीय तहसम्म संयन्त्र बनाउन छलफल भइरहेका बेला केन्द्रीय कार्यसमिति बैठकमा यस्तो प्रश्न उठेको हो ।
चुनावी अभियानमा जिल्ला पुगेर आएका नेताहरूले केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टीभित्र एकता र विश्वासको वातावरण मिलाएर तालमेल गर्नुपर्ने बताएका छन् । तालमेल भए साझा उम्मेदवारलाई गठबन्धनको मतदान हुने गरी संयन्त्र बनाउन भने कठिन हुनसक्ने उनीहरूको राय छ । आइतबारको बैठकमा बोल्ने ५४ जना केन्द्रीय सदस्यमध्ये धेरैले चुनावी समीकरणको पक्षमा धारणा राखेका छन् । उनीहरूको भनाइ छ, ‘तालमेल त गर्ने हो तर गठबन्धनको भोट सहजै साटफेर गर्ने संयन्त्र कसरी निर्माण गर्ने ?’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)