चाडपर्वलक्षित निकुञ्जकाे सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी
baahrakhari.com · Mon Oct 19 03:39:42 GMT 2026

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीतिअनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी एक हजार २०० बढी जनशक्ति परिचालन गरिने छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार, चाडपर्वमा अपरिचित व्यक्तिहरूको चहलपहल बढी हुने हुँदा चोरी सिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिका साथ उच्च सतर्कता अपनाइएको हो । उनले भने, “अहिले संवेदनशील क्षेत्रहरूमा ३५ ‘स्पाई क्यामेरा’ जडान गरेर सुरक्षा दिइएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)