मापसे गरी अटो चलाउँदा दुर्घटना, आठजना घाइते
gorkhapatraonline.com · Mon Oct 19 03:42:43 GMT 2026

नवलपुरको कावासोतीमा अटो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । कावासोती नगरपालिका –६ माझटोलस्थित भित्री सडक खण्डमा बिष्नुनगरबाट कावासोतीतर्फ जाँदैगरेको ग.प्र. ०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भइ नहरमा पल्टिेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा कावासोती–१ हात्तीखोरका अटोचालक ४४ वर्षीय मानसिंह थापा, सोही ठाउँका ४१ वर्षीय ईशारा सुनार, २३ वर्षीया निशा सुनार, ५० वर्षीया फुलमाया सुनार, १७ वर्षीया जमुना गाहा मगर, २२ वर्षीय निर्मल गाहा, ७ वर्षीया रोनिशा सुनार र १८ वर्षका गंगा गाहा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)