मासु मात्रै होइन, दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?
khabarhub.com · Mon Oct 19 03:49:29 GMT 2026

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु खान्छन्, कसैले खाँदैनन्। तर मासु नखाने मानिसले दूध, दही, घिउ, पनिर र अण्डासमेत खाँदैनन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ। अझ उनीहरूले खानपानमा मात्र नभई लुगा, जुत्ता र सौन्दर्य सामग्रीको छनोटमा समेत जनावरबाट प्राप्त हुने वस्तु प्रयोग नगर्ने प्रयास गर्छन् भन्दा यो कस्तो जीवनशैली हो भन्ने जिज्ञासा पैदा हुनु स्वाभाविक हो।
यही जीवनशैलीलाई भनिन्छ- ‘भेगन’। पछिल्लो समय विश्वका विभिन्न देशमा चर्चामा रहेको भेगन अवधारणा केवल खानपानको विकल्प मात्र होइन, जनावरको हित, वातावरण संरक्षण र व्यक्तिगत मान्यतासँग जोडिएको जीवनशैली पनि हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)