चाडपर्वमा चोरी शिकारी रोक्न चितवन निकुञ्जमा सुरक्षा सतर्कता बढाइयो
kendrabindu.com · Mon Oct 19 03:49:58 GMT 2026

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीति अनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिने छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिहरुको चहलपहल बढी हुने हुँदा चोरी शिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिका साथ उच्च सतर्कता अपनाइएको हो । अहिले संम्बेदनशिल क्षेत्रहरुमा ३५ ‘स्पाई क्यामेरा जडान गरेर सुरक्षा दिइएको उनले बताए । चोरी शिकारीका हिसावले जोखिम रहेका क्षेत्रहरुमा स्पाई क्यामेरासहित क्याम्पिङ् एण्ड एम्बुसिङ् लगायतका कामहरु गरिने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)