प्रत्येक दसैंमा सय जनाभन्दा बढीले सवारी दुर्घटनामै गुमाउँछन् ज्यान : मोटरसाइकल र जिपकार दुर्घटनाको अत्याधिक जोखिममा
pahilopost.com · Wed Oct 20 01:09:40 GMT 2021
काठमाडौं : प्रत्येक दसैंमा सवारी दुर्घटना अन्य समयको भन्दा बढी हुने गरेको छ। घटस्थापनादेखि पूर्णिमासम्म देशभर औसत ६ सयभन्दा बढी सवारी दुर्घटनामा पर्ने गरेका छन्। यसरी भएका दुर्घटनामा १५ दिनको अवधिमा सय जनाभन्दा बढी मानिसले अकालमै ज्यान गुमाउनु परेको छ। यस पटकको दसैंमा पनि एक सय जनाभन्दा बढीको ज्यान लिने सवारी दुर्घटना भए।
दसैंको बिचमा मुगुको छायाँनाथ रारा नगपालिका वडा नम्बर ७ पिनातपने खोलामा बस दुर्घटना भयो। दसैंमा ३२ जनाको ज्यान जाने गरी भएको दुर्घटनाले सबैलाई मन अमिलो बनायो। बस सडकबाट २/३ सय मिटर तल झरेको थियो। बसमा ४५ जना यात्रु सवार भएको अहिलेसम्म खुलेको छ। घटनाको अनुसन्धानको लागि डिएसपीको नेतृत्वमा छानबिन समिति बनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)