मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोलकातासँग २९ रनले पराजित हुँदा शीर्ष स्थानमा उक्लनबाट चुक्यो गुजरात

ratopati.com · Sat May 16 18:12:21 GMT 2026

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको रोमाञ्चक र उच्च स्कोरिंग खेलमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २९ रनले पराजित गरेको छ । फिन एलेन र अंगकृश रघुवंशीको विष्फोटक अर्धशतकको मद्दतले कोलकाताले प्रस्तुत गरेको २४८ रनको विशाल लक्ष्य पछ्याउन गुजरात असफल रह्यो । यो हारसँगै गुजरातले अंक तालिकाको शीर्ष स्थानमा उक्लने सुनौलो अवसर गुमाएको छ ।

पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २४७ रनको विशाल योगफल खडा गरेको थियो। कोलकाताका लागि ओपनर फिन एलेनले मात्र ३५ बलमा ९३ रनको तुफानी पारी खेले । उनलाई अंगकृश रघुवंशीले अविजित ८२ रन बनाउँदै उत्कृष्ट साथ दिए । अन्तिममा क्यामरुन ग्रीनले पनि मात्र २८ बलमा अविजित ५२ रन जोडेपछि कोलकाताले बलियो स्कोर बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)