आईसीसी विश्वकप लिग- २: नेपालले अन्तिम खेल ओमानविरुद्ध खेल्दै
bishowkhabar.com · Mon Oct 19 04:00:50 GMT 2026
काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग- २ शृङ्खलाअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ओमानको अलअमरात क्रिकेट मैदानमा आज बिहान ११ः१५ बजे सुरु हुनेछ ।
नेपालका लागि यो खेल महत्वपूर्ण छ । ओमानलाई पराजित गर्नसके नेपालले लिग–२ को शीर्ष ६ स्थान सुरक्षित गर्दै सोझै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल हुनेछ । अन्यथा नेपालले एकदिवसीय मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)