मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ

onlinekhabar.com · Mon Feb 27 00:30:58 GMT 2023

१५ फागुन, काठमाडौं । भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् । सीबीआईले आइतबार बेलुका सिसोदियालाई पक्राउ गरेको हो ।

सीबीआईले दिल्लीको मदिरा नीति सम्बन्धमा भएको भनिएको भ्रष्टाचारबारे अनुसान्धान गरिरहेको थियो । अनुसन्धानको क्रममा आइतबार बेलुकी सिसोदियालाई सीबीईले कार्यालयमा बोलाएको थियो । तर भारतीय समय अनुसार बेलुका सात बजे उनलाई हिरासतमा राखिएको खबर सार्वजनिक भएको थियो । सिसोदियाले अनुसन्धानमा नसघाएको आरोप छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)