मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

छठ : पहाड उक्लँदै, सबै समुदायमा फैलँदै

ekantipur.com · Sat Nov 18 01:34:30 GMT 2023

झापा, कपिलवस्तु, लुम्बिनी, जनकपुर, धनुषा, पर्सा — इलाम उक्लिने गौंडामा रहेको झापाको सानो सहर बुधबारेकी रमिता भट्टराई हरेक वर्ष छठ पूजामा सहभागी मात्रै नभई ब्रत नै बस्छिन् । अन्य श्रद्धालुसँगै नजिकैको हडिया खोलामा गएर सूर्यलाई अर्घ दिन्छिन् । भन्छिन्, ‘छठ पर्व हामी सबैको साझा हो जस्तो लाग्छ ।’

मधेशतिरका तालतलैया र नदी किनारा बेहुलीझैं सिंगारिने नै भए । पहाड–मधेशका संगम नदीहरू पनि यतिबेला झकिझकाउ छन् । महेन्द्र राजमार्ग उत्तर हुँदै बग्ने मेची, निन्दा, टिमाई, हडिया, बिरिङ, टाङटिङ, कन्काई, रतुवालगायत झापाका नदीहरूमा छठको रौनक छाएको छ । मधेशी–पहाडी मिलेर घाट सिंगारिरहेका छन् । छठ पर्व अब मधेश र निश्चित समुदायमा मात्रै सीमित रहेन, पहाड पनि उक्लिन थालेको छ । पूर्वोत्तर झापाको बाहुनडाँगीकी मीरा शर्मा पनि हरेक वर्ष छठमा सहभागी बन्छिन् । तर, ब्रतचाहिँ बस्दिनन् । अन्य ब्रतालुहरूसँग बराबरी सहभागी हुन्छिन् । उनी भन्छिन्, ‘छठ पूजामा सहभागी बन्दा रमाइलो लाग्छ, आनन्द मिल्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)