मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेनी–दरवाङको फापरखेत वैकल्पिक सडक सञ्चालनमा

gorkhapatraonline.com · Mon Oct 19 04:33:39 GMT 2026

सुख्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीनवटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकको फापरखेत खण्डको बैकल्पिक सडक सञ्चालनमा आएको छ ।

बैकल्पिक सडक सञ्चालनमा आएसँगै दसैँ मनाउन गाउँ हिडेका सर्वसाधारणहरुलाई सहज भएको छ । बेनी–नगरपालिका –४ र मंगला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराहन्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मंगला गाउँपालिकाले पखेर–बरंजा–ज्यामिरे–सातबिसे–बाबियाचौर वैकल्पिक सडक सञ्चालन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)