पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
baahrakhari.com · Tue Jun 09 13:20:00 GMT 2026

काठमाडौं । हाल लुम्बिनी, कर्णाली, वाग्मती, मधेस र कोसी प्रदेशका विभिन्न जिल्लामा मेघ गर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गइरहेको र मेघ गर्जन, चट्याङ तथा वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)