‘राइनो दौड' प्रतियोगिता यही कात्तिक १४ आयोजना हुँदै
corporatenepal.com · Mon Oct 19 04:38:23 GMT 2026
चितवन । राइनो क्लब, नारायणगढले यही कात्तिक १४ मा ‘राइनो दौड प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ । पाँच किलोमिटर दूरीको दौड गैँडाकोटस्थित जयश्री पुलबाट सुरु भई नारायणगढको लीलाचोकमा पुगेर समापन हुने प्रतियोगिताका संयोजक महेश प्रधानले बताए । उनका अनुसार प्रतियोगितामा महिला तथा पुरुष दुवै विधामा प्रतिस्पर्धा हुनेछ ।
दुवै विधाका विजेतालाई समान पुरस्कार प्रदान गरिने उनको भनाइ छ । प्रतियोगितामा प्रथम हुनेले रु. १५ हजार, द्वितीय हुनेले रु. १० हजार र तृतीय हुनेले रु. पाँच हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)