मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

होल्डिङ सेन्टरमा विस्थापित सुकुम्बासी– गरिबलाई के दशैँ, के तिहार ?

lokaantar.com

काठमाडौंको थापाथली सुकुम्बासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बासस्थानमा बस्न थालेपछि महिलाहरूको चाड तीज आयो । चुरा पनि लगाउन नपाएर सकियो । अब दशैँ र तिहार आएको छ । उनलाई भने अघिल्ला वर्षको चाडका दिन सम्झना आउँछ ।

घर, रोजगारी गुमेपछि कहाँ जाने, कसरी चाड मनाउने भन्ने चिन्ता थपिएको छ । अघिल्लो वर्ष घर हुँदा परिवार सँगै बस्ने गरे पनि यस वर्ष के गर्ने भन्ने टुंगो नरहेको उनले बताइन् । ‘हामीजस्तो गरिबलाई चाड के हो ? दशैँ के हो ? तिहार के हो ?’ उनले थपिन्, ‘पहिला आफैँ काम गरेर सानो झुप्रो भए पनि परिवारसँग बस्थ्यौँ, खान्थ्यौँ, रमाइलो गर्थ्यौँ । वैशाख १२ गते घर भत्किएपछि परिवार साथमा छैन । कोही कता, कोही कता छन् ।’

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)