जनआन्दोलनका घाइते र अपांगलाई निः शुल्क उपचार गर्ने गण्डकी मन्त्रिपरिषद बैठकको निर्णय
nayapatrikadaily.com · Thu Sep 02 00:34:00 GMT 2021
गण्डकी प्रदेश सरकारले जनयुद्ध र जनआन्दोलनका बेपत्ता, घाइते र अपांग परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा दिने निर्णय गरेको छ । १३ भदौमा बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्न बुधवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले प्रमाण पत्रको आधारमा प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २५ साउनमा तयार गरेको अवधारणा पत्र बमोजिम गण्डकी प्रदेश सरकार अन्तर्गतका सरकारी अस्पताहरुवाट उनीहरुलाई सामान्य स्वास्थ्य सेवा निशुल्क रुपमा उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले सामान्य स्वास्थ्य सेवा निःशुल्क गर्ने भन्ने निर्णय गरेको छ, निर्णयमा सामान्य भन्ने शव्द प्रयोग भएकाले यस्को परिभाषा र यस भित्र के के समेटीने भन्ने कुराको लागि मन्त्रालयले एउटा कार्यविधी तयार गर्ने जानकारी समेत खड्काले दिए । मन्त्रालयले उनीहरुका लागि आवश्यक परिचयपत्र समेत वितरण गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)