मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जी–७ युक्रेनको पक्षमा उभिरहने 

baahrakhari.com · Tue Jun 28 00:51:00 GMT 2022

वर्लिन । विश्वका धनी राष्ट्रहरूको समूह जी–७ ले जर्मनीमा भइरहेको शिखर बैठकको दोस्रो दिन रुसी आक्रमण खेपिरहेको युक्रेनलाई आवश्यक परेसम्म सहयोग र समर्थन प्रदान गर्ने प्रतिवद्धता जाहेर गरेको छ । विज्ञप्तिमार्फत जी–७ ले रुसले युक्रेनका वन्दरगाहहरू छाडेर खाद्यान्न अवरोध गर्न बन्द गर्नुपर्ने पनि जनाएको छ ।

भिडियो लिंकमार्फत उक्त बैठकलाई सम्वोधन गर्ने क्रममा युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले पश्चिम जगतसँग थप शक्तिशाली हातहतियार उपलब्ध गराइदिन आह्वान गरेका छन् । युक्रेनमा रुसी आक्रमण बढिरहेकाले जी–७ का नेताहरूमाथि आफ्नो उद्देश्यका लागि एकजुट हुन दबाब परिरहेको छ । सोमवार ती नेताहरूले विज्ञप्तिमा भनेका छन्, “निरन्तर आर्थिक, मानवीय, सैनिक र कूटनीतिक समर्थन प्रदान गर्दै हामी आवश्यक परुन्जेल युक्रेनसँग उभिने छौं । हामीले सदैव रुसद्वारा बेलारुसको सहयोगमा युक्रेनविरुद्ध जारी राखेको क्रुर, अव्यावहारिक, अनुचित र गैरकानुनी आक्रामक युद्धको निन्दा गरिनैरहने छौं ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)