आज देशभर कस्तो होला मौसम
barnanmedia.com · Mon Oct 19 05:12:50 GMT 2026

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ भने यतिबेला कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगको आकाशमा आंशिक बादल लागेको छ। तराईका केही स्थानमा भने हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहान ८ बजे जनाएको छ।
मौसम महाशाखाले अद्यावधिक गरेको मौसम बुलेटिनअनुसार आज दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भेगको आकाशमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। अनि कोसी प्रदेशको तराईमा आंशिक बादल देखिनेछ भने बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)