मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेतृत्व परिवर्तन भएरै छाड्छ - डा. काेइराला

Ujyaaloonline.com · Sun Dec 12 23:46:05 GMT 2021

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन भएरै छाड्ने बताउनुभएको छ । आज आइतवार काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवारसमेत रहनुभएका कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन भएरै छाड्ने बताउनुभएको हो । उहाँले आफ्नो नेतृत्वमा पार्टी बनेसँगै गठबन्धनको सरकार झनै सशक्त भएर चुनावसम्म पुग्ने पनि दाबी गर्नुभयो ।

नेता कोईरालाले भन्नुभयो, ‘सभापतिजीले आफू पराजित भएँ भने यो गठबन्धन सरकार जान्छ भन्नुभयो, म तपाईँहरूको सामुन्ने प्रण गर्न चाहन्छु– नेतृत्व परिवर्तन हुन्छ, हुन्छ, हुन्छ । यो नेतृत्व परिवर्तनपछि अझ बढी सुदृढ, सङ्गठित भइकन यो गठबन्धनलाई चुनावमा लैजान्छाैँ भन्ने कुरा तपाईँहरूको माझमा राख्दछौँ । यो सरकारलाई अझ बलियाे बनाउने प्रयास हाम्रो नेतृत्वले गर्नेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)