कोरोनापछि उल्लासमय इद
annapurnapost.com · Thu Jul 22 05:57:00 GMT 2021
नेपालगन्ज : त्यतिबेला नेपालगन्जको बीपी चोकस्थित इदगाह र घर भरिएर सुर्खेत रोडमा नमाज पढ्नेको घुइँचो लाग्थ्यो । सुर्खेत रोड अवरुद्ध हुन्थ्यो । जिल्लाका मस्जिदहरूमा नमाज पढ्नेको पनि घुइँचो उस्तै हुन्थ्यो । मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले दुई वर्षअघिका बकर इद सम्झँदै भने, ‘कोरोनाले एक वर्ष त घरमै नमाज पढ्ने बनायो । कोरोनाको संक्रमण घट्दै गएकाले यो वर्ष इदगाह र मस्जिदमा पनि नवाज पढियो । तर, पहिले जस्तो भीड भने थिएन । इदगाह नै पूरा भरिएको थिएन । धर्म पनि जोगाउनु पर्यो । ज्यान पनि सुरक्षित राख्नु पर्यो । सुरक्षाका विधि अपनाएर नमाज पढिएको छ ।’
जिल्लामा निषेधाज्ञा जारी रहेकाले मुस्लिम समुदायले बिहान ६ बजे नै इदगाह र मस्जिदमा पुगेर नमाज पढेका थिए । कतिले त यो वर्ष पनि घरमै नमाज पढेका छन् । तिनैमध्येका हुन् युनेस्को क्लब बाँकेका अध्यक्ष प्रवेज अलि सिद्धिकी । सिद्धिकी भन्छन्, ‘कोरोनाको जोखिम अझै पनि छ । त्यसैले हाम्रो परिवारले घरमै नमाज पढ्यौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)