बुवाको सपना र छोराको सङ्घर्षको मार्मिक चित्रण
gorkhapatraonline.com · Tue Jun 09 13:25:46 GMT 2026

विद्यालयमा विद्यार्थीहरूलाई गरिने व्यवहार, उनीहरूमाथि हुने अथाह दबाब, गरिबी र नेपालको शिक्षा प्रणालीको कठोर वास्तविकतालाई चलचित्र ‘रोल नं १’ ले पर्दामा उतारेको छ। चलचित्रको कथाले आफ्नो सन्तान विद्यालयमा उत्कृष्ट होस् भन्ने चाहना राख्ने एउटा गरिब बुवा र सरकारी छात्रवृत्तिमा पढेर बुवाको सपना पूरा गर्न खोज्ने बालकको भावनात्मक सङ्घर्षलाई चित्रण गर्छ।
स्कुले शिक्षाको महत्त्व र हालको मूल्याङ्कन विधिले बालबालिकाको मनोविज्ञानमा पारिरहेको असरलाई चलचित्रमा पेचिलो ढङ्गले प्रस्तुत गरिएको छ। चलचित्रको प्रमुख पात्रका रूपमा मुकुन भुसाल (सञ्चार परियार) देखिनुभएको छ। बुवाले आफ्नो सन्तानको रुचि नबुझ्दा अभिभावक र सन्तानबिच उत्पन्न हुने समस्या नै चलचित्रको मुख्य विषय हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)