मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ओमानविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्दै

annapurnapost.com · Mon Oct 19 05:29:05 GMT 2026

काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत नेपालले ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ। ओमानको अलअमरात क्रिकेट मैदानमा जारी ओमानविरुद्धको खेलमा कप्तान सन्दीप लामिछानेले ब्याटिङ रोजेका हुन्।

नेपालका लागि यो खेल महत्वपूर्ण छ। ओमानलाई पराजित गर्नसके नेपालले लिग–२ को शीर्ष छ स्थान सुरक्षित गर्दै सोझै एकदिवसीय अन्तरराष्ट्रिय मान्यता जोगाउन सफल हुनेछ। अन्यथा नेपालले एकदिवसीय मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)