पाल्पामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, चार घाइते
baahrakhari.com · Sun Apr 20 17:48:26 GMT 2025

तानसेन (पाल्पा) । पाल्पाको बगनासकाली गाउँपालिका–४, मलेङस्थित बेलडाँडामा आइतबार साँझ जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
लु १ ज १७२४ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ की १८ वर्षीया एलिसा सारुको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)