आर्नोल्डको गोलले लिभरपूल उपाधि नजिक
neplays.com · Sun Apr 20 17:50:14 GMT 2025
किङ्ग पावर स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपूलले घरेलु टोली लेस्टर सिटीमाथि १-० को कठिन जित निकाल्दै प्रिमियर लिग उपाधितर्फ ठुलो फड्को मारेको छ। सो जितसँगै लिभरपूलको शीर्ष स्थान थप सुदृढ भएको छ भने लेस्टर सिटीको रेलिगेसन सुनिश्चित भएको छ। जितको नायक बने, चोटबाट फर्किएका ‘स्काउजर’ ट्रेण्ट एलेक्जेन्डर-आर्नोल्ड। दोस्रो हाफमा मात्र मैदान छिरेका उनले ७६औं मिनेटमा गोल गर्दै लिभरपूलका समर्थकहरूलाई खुसीयालीले झुमाएका थिए। गोलपछि आर्नोल्डले आफ्नो जर्सी खोलेर कर्नर फ्ल्यागमा राख्दै उत्सव मनाए।
अब लिभरपूलले उपाधि जित्न आर्सनलले बुधबार क्रिस्टल प्यालेससँग हार्नुपर्नेछ। यदि आर्सनलले जित्यो भने लिभरपूलले आगामी आइतबार टोटनहमलाई हराएमा घरेलु मैदान एन्फिल्डमै २० औं प्रिमियर लिग उपाधि उचाल्नेछ। यो उपाधि उनीहरूले २०१९–२० सिजनमा कोभिडका कारण दर्शकबिनाको वातावरणमा जितेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)