जातीय विभेद अन्त्यका लागि साइकलयात्रा
ekantipur.com · Wed Apr 19 16:57:26 GMT 2023
कञ्चनपुर — जातीय विभेदविरुद्ध बुधबारदेखि महाकाली–मेची साइकलयात्रा सुरु भएको छ । तीन महिलाले कञ्चनपुरको गड्डाचौकी नाकाबाट साइकलयात्रा सुरु गरेका हुन् ।
साइकलयात्री रिता बुढाथोकी, इन्दिरा विश्वकर्मा र संगीता नेपालीलाई सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले यात्राका लागि शुभकामनासहित बिदाइ गरे । २५ दिनपछि मेचीको कन्काई पुगेर समापन गरिने उक्त यात्राका क्रममा उनीहरुले जातीय विभेदविरुद्ध सचेतना, गोष्ठी र साहित्यिक गतिविधिहरु गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)