घरेलु टोलीलाई हराउँदै रौतहट सेमीफाइनलमा
baahrakhari.com · Sun Apr 20 18:03:57 GMT 2025
काठमाडौं । नेपालगन्ज रंगशालामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा घरेलु टोली बाँके–११ लाई ३–० ले पाखा लगाउँदै रौतहट जिल्ला फुटबल संघले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । आइतबार रौतहटलाई जित दिलाउन खेलको पहिलो हाफको २८औँ मिनेटमा जेनिफर रानामगरले एक गोल गरिन् ।
जेनिफरको पहिलो गोलले रौटहतको टोलीलाई निकै उत्साहित बनाएको थियो । खेलको पहिलो हाप सकिँदासम्म बाँकेका तर्फबाट कसैले पनि गोल गर्न सकेन । खेलको दोस्रो हाफमा पनि बाँकेले कुनै उपलब्धि हासिल गर्न सकेन । रौतहटका तर्फबाट खेलको दोस्रो हाफको ४५औँ मिनेटमा समीक्षा राईले एक गोल गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)