बझाङमा भीषण असिनापानी : स्याहार्नै पाएनन् पाक्नै लागेको खाद्यान्न बाली
ekantipur.com · Sun Apr 20 18:19:10 GMT 2025

बझाङ — शनिबार साँझ आएको भीषण असिनापानीले बझाङ जिल्लाभर बालीनालीमा ठूलो क्षति गरेको छ । हिउँदेबाली भित्र्याउने तरखरमा रहेका किसानको बाली असिनाले क्षति गरेपछि खाद्यान्न अभावको चिन्ता बढेको छ ।
झण्डै एक घण्टासम्म परेको असिनापानीले सबैभन्दा ठूलो क्षति पाक्नै लागेको गहुँ, जौ र मसुरोमा भएको छ । यस्तै आँप, ओखर, स्याउजस्ता बर्खे फलफूलमा पनि असिनाले क्षति गरेको विभिन्न पालिकाका किसानले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)