फिफा विश्वकप २०२६: आइभोरी कोस्टलाई २-१ ले हराउँदै नर्वे ऐतिहासिक रूपमा अन्तिम १६ मा प्रवेश
barnanmedia.com · Tue Jun 30 23:07:39 GMT 2026
अमेरिका — फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरण (राउन्ड्स अफ ३२) को निकै रोमान्चक खेलमा आइभोरी कोस्टलाई २-१ गोल अन्तरले पराजित गर्दै नर्वेले प्रतियोगिताको अन्तिम १६ (राउन्ड अफ १६) मा आफ्नो स्थान सुरक्षित गरेको छ। नर्वेको फुटबल इतिहासमा विश्वकपको नकआउट चरणमा प्राप्त गरेको यो पहिलो ऐतिहासिक जित हो।
मंगलबार राति टेक्सासस्थित ड्यालस रङ्गशालामा भएको खेलमा नर्वेका लागि युवा विङ्गर एन्टोनियो नुसा ले खेलको ३९औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले पछि परेको आइभोरी कोस्टका लागि दोस्रो हाफमा मैदान छिरेका म्यानचेस्टर युनाइटेडका स्टार अमाद डियालो ले ७४औँ मिनेटमा उत्कृष्ट बराबरी गोल फर्काए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)